गाजामा युद्धविरामबारे देखिएको समस्या समाधान भएको छैन् : इजरायल

जेरुसेलम- इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) बीचको सङ्कट सुल्झिएको भन्ने सञ्चारमाध्यममा आएका समाचारको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले खण्डन गरेको छ ।
अरब र इजरायली सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार जनवरी १९ मा युद्धविराम लागू भएयताको सबैभन्दा गम्भीर सङ्कटको सामना गर्नुपरेको अवस्थालाई युद्धविरामलाई कायम राख्न मध्यस्थकर्ताले इजरायल र हमासबीच समझदारीका लागि सहज वातावरण बनाएका भएपनि वार्ताले सार्थकता पाउन सकेको थिएन ।
इजरायलले पटक–पटक सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले थप तीन जना बन्धकको रिहाईमा ढिलाइ गर्ने घोषणा गरेको थियो भने इजरायलले गाजामा पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो ।
नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सङ्कट समाधान भएको भन्ने उक्त समाचारलाई ‘भ्रामक समाचार’ भन्दै खण्डन गरेको छ ।
यसअघि बिहीबार हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले सम्झौताप्रति समूहको प्रतिबद्धता दोहोर्याउँदै युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेको र त्यसलाई पूर्ण रुपमा पालना गर्न बाध्य पार्न चाहेको बताएका थिए ।
अल–कानौले भने, “मध्यस्थहरूले हमास–इजरायल सम्झौताको पूर्ण कार्यान्वयन पूरा गर्न, मानवीय नियमको पालना गर्न बन्धकलाई रिहा गर्न दवाव दिन शनिबारबाट आदानप्रदान प्रक्रिया पुनः सुरु गर्न दबाब दिइरहेका छन्।”
सामाजिक सञ्जालमासार्वजनिक भएको भिडियो फुटेजमा दर्जनौं ट्रेलर र इञ्जिनियरिङ गाडीहरू इजिप्टको राफा क्रसिङको छेउमा लामबद्ध भएर प्यालेस्टिनी क्षेत्रमा प्रवेशको पर्खाइमा रहेको देखिएको छ । हमासले इजरायलसँग युद्धविराम सम्झौताको एक भागको रूपमा यसलाई पालना गर्न माग गरेको छ ।
प्रारम्भिक चरणमा छ हप्तासम्म चल्ने सहमति भएको युद्धविराम सम्झौताको करिब दुई हजार प्यालेस्टाइनी कैदी र बन्दीको बदलामा कुल ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने उल्लेख छ ।
हालैका हप्ताहरूमा बन्धक बनाइएका मध्ये पाँच जना थाइल्याण्डका नागरिकसहित १६ जनालाई रिहा गरिसकिएको छ भने अन्य तीन जनालाई यसै शनिबार हमासले रिहा गर्ने तयारी गरेको छ।
गाजामा अझै ७६ जना बन्धक रहेका र उनीहरूमध्ये आधाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया