कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशनका लागि अब म्याद नथप्ने

काठमाडौं - नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृ संस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरूले तोकिएको समय चैत्र महिनाभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको धारणा राखे ।
छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।
सबै भातृ संस्थाहरूसंगको छलफलका क्रममा आएका सुझावहरूलाई पार्टीले समाधान गर्ने उनले बताए ।
यसअघि कांग्रेसले निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया