शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

मन्त्रालयले फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

फाइल फाेटाे

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो । 

अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् ।

डा बुढाथोकीले भने, “स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ । सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अभिवृद्धि गराउने छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गरेका थिए । 

त्यसैगरी फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।  
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल