सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन- महामन्त्री शर्मा

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् । 

सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले सरकारले सामाजिक सञ्जालको सहि प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका हुन् । 

विधेयकमा रहेको केही दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको जस्तै अघि बढाउन नहुने उनले बताए । 

उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे । 

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिरहँदा मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।