बागमती प्रदेशसभा बैठक स्थगित

बागमती : बागमती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।
सचिवालयका अनुसार आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताए । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया