हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।
हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा हुने शिविरका लागि काठमाडौंबाट १० बीएएमए, एक विशेषज्ञ चिकित्सक र एक जना फिजियोथेरापिस्ट जाने कार्यक्रम संयोजक डा. सुष्मा साउदले जानकारी दिइन् ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिने उनले बताइन् । ‘जटिल किसिमका रोगका लागि अस्पताल तथा उपचार विधिबारे परामर्श प्रदान गरिने छ’, उनले भनिन्, ‘स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधिहरू निशुल्क हुनेछन् ।’
खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिने डा. साउदले बताइन् । उनका अनुसार, एक दिने शिविरमा ५ सय जनालाई सेवा दिने लक्ष्य राखिएको छ ।
शिविरबाट लाभान्वित हुन हेलम्बु गाउँपालिकाले प्रत्येक वडाका बासिन्दालाई सूचित गराइरहेको जनाएको छ ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_PBJ8O9CqkR_lwnpebjetyjlnpkcx4xgcutcwvzkmadb78iko1ufwxperwh4zhf5myzimys2.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया