सिङ्गापुरमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि

सिङ्गापुर- सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनीहरूको सङ्ख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ ।
सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनी मध्ये आधा भन्दा बढी ३० वर्ष भन्दा कम उमेरका थिए । बीस वर्ष मुनिका दुव्र्यसनीहरूको सङ्ख्या सन् २०२३ को तुलनामा झन्डै एक तिहाइले बढेको छ ।
मन्त्रालयले सिङ्गापुर विश्वव्यापी जोखिममा रहेको चेतावनी दिएको छ, किनकि अवैध लागूऔषध बजार विस्तार भइरहेको छ ।
मन्त्रालयले अवैध लागू औषधि तस्कर र लागूपदार्थको कथित फाइदाहरूको बारेमा गलत जानकारी फैलाउन सोशल मिडिया प्लेटफर्म र इन्क्रिप्टेड कम्युनिकेशन एप्सको दुरुपयोग गरिरहेको बताएको छ ।
बहुआयामिक दृष्टिकोणको आवश्यकतामा जोड दिँदै मन्त्रालयले लागुऔषध नियन्त्रण शिक्षा, कडा कानुन, कडा कार्यान्वयन र लागुऔषधविरुद्धको लडाइमा समुदायको सहयोगको महत्त्वलाई जोड दिएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया