भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।
प्रधानमन्त्री मोदीले भने,“म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”
पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गर्नुभएको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधनमा प्रधानमन्त्री मोदीले थपे,“आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ ।”
“अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ,” प्रधानमन्त्री मोदीले उल्लेख गरे ।
“शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनको लागि सराहनीय प्रयास थियो । पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीति निर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो ।” (एएनआई)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया