राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताएका छन् ।
सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले भने, “सत्ता गठबन्धनको मुख्य उद्देश्य राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधन हो । मुख्य कारण राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै हो । जनतालाई गलत सूचना दिने र भ्रममा पार्नाले राजनीतिक अस्थिरता भएको हो ।”
सांसद यादवले संसद्को मुख्य काम भनेकै कानुन निर्माण गर्नु हो तर सुस्त गतिमा भइरहेको धारणा राखे । “जनताका लागि आवश्यक कानुन समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैनन्, यसैले छिटोछरितो रूपमा विधेयक पारित गरौँ । सरकार निर्माण भएको सात महिना भएको छ । उद्देश्यअनुसार पूरा गर्न सरकारले कार्यको गति बढाओस् । सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन भयो कि भएन भनेर मूल्यांकन, समीक्षा र निर्देशन दिन सरकारलाई अनुरोध गर्छु,” उनले भने ।
उनले आव २०७४/७५ मा हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखिएको तर अहिलेसम्म अधुरै रहेकाले अविलम्ब सुरू गर्न आग्रह गरे । साथै पुल निर्माणको कार्य पनि सरकारले अघि बढाओस् भन्ने धारणा राखे ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया