गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध

रसुवा - गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ ।
पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए।
पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।
स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ ।
पण्डित तथा पुरोतिहरूले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहनुभएको स्थानमा पुण्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घर नजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताए ।
एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टंकप्रसाद ढकालले बताए ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन् ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया