शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने

फाइल फाेटाे

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखि नै फरक मत राख्दै आएको थियो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।