गैरआवासीय नेपाली पत्रकार महासंघ गठन

लन्डन : गैरआवासीय नेपाली पत्रकार महासंघ गठन भएको छ । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरूले महासंघ गठन गरेका हुन् । गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ ।
महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका), सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन् । जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ । सल्लाहकारहरूमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन् ।
महासंघले ९० दिनभित्र संघको विधान बनाइने र त्यसको १८० दिनभित्र नयाँ कार्य समिति गठन गरिसक्ने अध्यक्ष योगीले बताए । योगीका अनुसार महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिनेछ । 'प्रवासमा एक दशकदेखि अनलाइन साइटहरू वृद्धि भएको छ' योगीले भने 'दीगोपना र गुणस्तरमा समस्या छ । त्यसलाई समाधान गर्न लाग्नुपर्छ । प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो।'

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया