सामाजिक सञ्जाल विधेयक पेश

काठमाडौं - सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।
आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन्। उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए ।
सामाजिक सञ्जालको सही तवरले प्रयोग गरि सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन खोजिएको उनले बताए ।
त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक सोमबार बोलाइएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया