शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

‘निःशुल्क उपचारको दुरूपयोग हुन नदिनुहोला’

फाइल फाेटाे

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । उनले काठमाडौँ–२८ कमलपोखरीस्थित एक मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामीको उपचार अवस्थाबारे आज जानकारी लिएका हुन । 

मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिनुपर्नेमा जोड दिए । “सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ”, मन्त्री पौडेलले भने, “सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला, दुरूपयोग हुन नदिनुहोला ।” 

मन्त्री पौडेलले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन चेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्नेसमेत बताए । उनले भने, “जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ ।” 

आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत रू दुई करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलनपीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो ।

करिब रू १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल