नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९.४५ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यता, खुद बिमा शुल्क आर्जन पनि १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
यसको जीवन बिमा कोषको आकार २ खर्ब १८ अर्ब ४१ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी थोरैले बढेर ११ रुपैयाँ ४१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ ।

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_pFFGyg2Ioi_vucvvd2kgiwyamggiwq9juxf3luvzay9f3fwsecddbq0a7qgygywiitmyfin.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

प्रतिक्रिया