महासंघको कोषाध्यक्षमा हिराचन, मुरारका विशिष्ट सदस्य

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि भएको निर्वाचनमा शकुन्तलाल हिराचन निर्वाचित भएका छन् । उनी वरिष्ठ उपाध्यक्ष किशोर प्रधान प्यानलका हुन् । उनीसँग डिबी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । हिचाचन निर्वाचित हुनुले महासंघको कार्यसमितिमा शेखर गोल्छाको प्रभुत्व देखिएको छ । त्यस्तै एशोसिएटतर्फ सदस्यमा बराबरी मत आएका मंगेशलाल श्रेष्ठ र विराट थापाले आधा–आधा कार्यकाल महासंघको कार्यसमितिमा प्रतिनिधित्व गर्ने भएका छन् । महासंघको विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन् । मुरारकाले महासंघको पदाधिकारी बैठकमा उपस्थिति जनाउन सक्छन् ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया