दिल्ली निर्वाचनमा विकास र सुशासनको जित :मोदी

नयाँ दिल्ली - भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ ।
भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ ।
राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताए ।
“यो जित विकासको हो, सुशासनको जित हो ।” मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भए ।
“हामी फैसला स्वीकार गर्छौं र भाजपालाई बधाई दिन्छौं,” केजरीवालले एक भिडियो वक्तव्यमा बताए ।
“हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछौं,” मोदीले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरे ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया