मामाघरबाट १० दिनदेखि बेपत्ता बालकको शव फेला

बारा - बाराको जितपुर सिमरा मामाघर बाट १० दिन अघि गत बिहीबारदेखि बेपत्ता रौतहटका एक बालकको आज शनिबार शव फेला परेको छ ।
रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ बर्षीय हन्श चौधरी नाम गरेका बालकको शनिबार दिउँसो शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताएका छन्।
बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। घटनाले जितपुर सिमरा सिङ्गो नगर शोकमय वातावरण बनेको छ।
आफ्नो मामाघरबाट बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोष्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पठाइएको बारा प्रहरीले जनाएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया