बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

१५ लाख नेपालीलाई पुग्‍ने खोप दिँदै अमेरिका, यस्तो भन्छन् राजदूत बेरी

काठमाडौँ : अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्‍ने गरी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासको पेजमा लेख्दै भनेका छन्,‘आउने केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्‍नेगरी कोभिड-१९ खोप अनुदानमा उपलब्ध गराउँदैछ ।’ 

अमेरिकाले जोन्सन एण्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागेको हो । यो खोप एक डोज लगाए पुग्छ । नेपाललाई दिने खोप सम्बन्धी समाचार रोयटर्सले बाहिर ल्याएपछि अमेरिकी राजदुतले उक्त धारणा सार्वजनिक गरेका हुन् ।  रोयर्टसका अनुसार अमेरिकाले नेपाललाई १५ लाख जोनसोन एण्ड जोनसोन र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो ।

'नेपाल अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो',’राजदूत बेरीले लेखेका छन्,‘अमेरिका सधैँ नेपालीको साथमा छ र नेपालीको जीवन स्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

राजदूतले लगतार खोपका लागि आफ्नो सरकारसँग पहल गर्दै आएको सन्देशलाई यसरी भावनामा ब्यक्त गरेका हुन् ।  ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बाइडेन प्रशानसनले ८ करोड मात्रा खोप उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता भएको उल्लेख गरेको छ । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हुन् । 

यसअघि नेपालका दुई छिमेकी भारत र चीनले पनि अनुदानमा खोप उपलब्ध गराएको थियो । भारतले ११ लाख डोज अर्थात् ५ लाख ५० हजार जानालाई लगाउन पुग्‍ने खोप अनुदानमा दिएको थियो भने चीनले १८ लाख डोज अर्थात् ९ लाख नागरिकलाई लगाउन पुग्ने खोप दिएको थियो । अमेरिकाले ढिलै भए पनि कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप उपलब्ध गराउने भएको छ । जुन खोप १५ लाख बढी नागरिकलाई लगाउन पुग्छ । नेपालले भारतसँग थप २० लाख डोज खरिद गरेकोमा भारतले १० लाख डोज मात्र उपलब्ध गराएको छ भने चीनसँग खरिद गरेको ३० लाख डोज मध्ये ८ लाख डोज शुक्रबार विहान काठमाडौँ ल्याइएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता