जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

काँक्रेविहार (सुर्खेत)- जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो ।
हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे चार टन खरिद गरी प्रशोधन गरिएको उनले बताए । “पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडीबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य छ”, उनले भने ।
प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–१ र ३ राताचौरमा निर्माणपछि स्थानीयस्तरमा रोजगारी सिर्जना र भेरी करिडोर हुँदै जिल्लाबाहिर जाने जडीबुटी जिल्लामै प्रशोधन गरी बजारीकरण गर्न सकज भएको छ । यसबाट स्थानीय नागरिक पनि उत्साहित भएका छन् ।
कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै त्यसको यही प्रशोधन हुनेछ । रासस

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_jJgYMJzmal_uehpunrptzey4hy4xaidgdiysm86lrdssbwadoqtdwy31q1qk8bqhgcjoyrn.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

प्रतिक्रिया