'दक्षिणपूर्वी एसियाली मुलुकमा मोबाइल फोन सेवाको स्थितिमा सधार'

नोम पेन्ह- कम्बोडियामा हाल कूल एक करोड ८९ लाख ८० हजार इन्टरनेट ग्राहकहरू रहका हुलाक तथा दूरसञ्चार मन्त्री चे भान्देथले बताउनुभएको छ ।
हुलाक तथा दूरसञ्चार मन्त्रालयको एक सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले हालसम्म एक करोड ८२ लाख ८३ हजार र फिक्स्ड इन्टरनेट सेवामा सात लाख ८२ हजार २ सय ३४ ले सदस्यता लिएको बताउनुभयो ।
उहाँले दक्षिणपूर्वी एसियाली मुलुकमा दुई करोड छ लाख मोबाइल फोन ग्राहक र ३१ हजार ६०१ स्थिर फोन प्रयोगकर्ता रहेको बताउनुभयो ।
केही व्यक्तिले एकभन्दा बढी इन्टरनेट वा टेलिफोन सेवाको सदस्यता लिएकाले इन्टरनेट ग्राहक र टेलिफोन प्रयोगकर्ताहरूको सङ्ख्या देशको कुल जनसङ्ख्याको तुलनामा १७ करोडले नाघेको छ ।
“हाल, फेरजी मोबाइल नेटवर्क कभरेज राज्यको ८२ प्रतिशत र जनसङ्ख्याको ९३.२ प्रतिशत पुगेको छ,” भान्देथले उल्लेख गर्नुभयो ।
उहाँले सन् २०२७ सम्म देशका सबै क्षेत्रमा टेलिफोन सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । कम्बोडियामा चार मोबाइल फोन अपरेटर, चार स्थिर फोन कम्पनी र ३९ इन्टरनेट सेवा प्रदायकहरू छन् । (सिन्ह्वा)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया