नागढुंगा-सुरुङ्ग मार्ग आयोजनालाई निर्देशन : काम समयमै सक्नू, प्रगति वेबसाइटमा राख्नू

काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा-सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरुको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरू के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ । बैठकले नागढुंगा सुरुङ्ग मार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि कर सम्बन्धि पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुमा काम गर्ने सम्पूर्ण मजदुरहरुलाई कोभिड विरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले नागढुंगा सुरुङ मार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजना स्थल जाने निर्णय गरेको पनि समिति सभापति भट्टले जानकारी दिइन् ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया