१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

काठमाडौं - मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरूको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।
विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्यकारहरूलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।
उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए ।
‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको संकलन गरिने बताए ।
उनले भने, ‘दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ? भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’
उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया