बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ- आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ ।

गत माघ १८ गतेदेखि सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो । 

बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।