दुई वटा चितुवा मृत फेला

गोरखा - पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।
प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युका कारण खुल्न नसकेको उनले बताए ।
स्थानीयले बारीमा मृत चितुवा देखेपछि तत्काल वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयको टोलीले चितुवाको मृत्युका कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_MkodJC9AJa_n5futknfq1caehfyflxaod0tgepg8dz0qrfdqm92b6ox73lrbaqrcow0z5ek.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

प्रतिक्रिया