चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक

काठमाडौं - चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् ।
चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।
“रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ,” जीवनले भने । यो पोष्टर रोयल भिमसेनले तयार पारेका हुन्।
चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया