दोस्रो त्रैमासमा मिथिला लघुवित्तको ३ करोड ७४ लाख खुद नाफा

काठमाडौँ- मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।
हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९९.३८ रुपैयाँ छ ।
यसको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया