ढकालको ‘लजालु पहाडहरू’ लोकार्पण

नेपालगञ्ज : साहित्यकार अमृत शर्मा ढकालद्वारा रचित गीतकृति ‘लजालु पहाडहरू’को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं कथाकार सनत रेग्मी, शायर अब्दुल लतिफ शौकलगायतले शनिबार नेपालगञ्जमा लोकार्पण गरेका हुन् ।
कृतिको लोकार्पण गर्र्दै कथाकार रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए । ढकालको प्रिय विधा गीत हो । साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको ढकालले सुनाए ।
झन्डै २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशिल ढकालको यो पहिलो कृति हो । पुस्तकमा ६७ वटा गीतहरू संग्रहीत छन् । साहित्यकार भोजराज शर्मा ‘नादिर’का अनुसार ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता छ ।
शर्माले भने, ‘जसले जीन्दगीको लक्षित उचाईमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरू सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ ।’ कृति ‘युरेका’ले प्रकाशन गरेको हो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_tByINH3EIY_veo8bn9urcy1tyoo2q00ho08gsfex9kinzswqtjqnnkyukhlgx7dmzpvtm8y.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया