युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक

कास्की- गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् ।
पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँ वीरेन स्मृति तथा १८ औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् ।
मन्त्री लेखकले लागूऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए ।
पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया