शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने

सांकेतिक फोटो

लुम्बिनी - लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।

सरकारको १०  देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियानअन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।

लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरुमा पठाइएको मन्त्रालयलले स्पष्ट गरेको छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी,  दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।  
 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गरे । 
 
अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।   

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल