हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने, फागुन ११ गते एजिएम

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ११ गते गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने बताएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २४ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया