शवलाई दाहसंस्कारका लागि घाट पुर्याउने महाप्रस्थान यान

कैलाली : कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई शुक्रबार उक्त यानको चाबी हस्तान्तरण गरिएको हो ।
धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने,'यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको हो ।'
उक्त यान धनगढीवासीमा समर्पित हुने बताइएको छ । शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्याका कारण पनि सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको व्यवसायी हमालको भनाइ छ । यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए ।
महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया