शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

दामोदर खडका न्याय परिषद् सदस्यमा नियुक्त

फाइल फाेटाे

काठमाडौं - वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन् । उनी नेपाल बार एसोसिएसनको कोटाबाट न्याय परिषदका लागि सिफारिस भएका थिए । 

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।