गण्डकी प्रदेश स्थापना दिवस : वृद्धाश्रमलाई सहयोग

गण्डकी - गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रदेश सरकारकातर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक समारोहबीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसका अवसरमा सहयोग गरेको बताए । पोखरा वृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पुर्याइरहेको सहयोगको प्रशंसा गर्दै मन्त्री थापाले प्रदेशका तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाए
प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए । वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रमले २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गरिरहेको बताए । कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्रीको कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । रासस
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया