तराइ मधेस केन्द्रित ८ दलको बैठक जारी

काठमाडौं - तराइ मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तीव्र भएको छ ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक सुरू भएको छ ।
‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के कस्तो रणनीति बनाएर जाने अनि समान बिचार बाहक आठ दलिय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजना सम्बन्धी महत्त्वपूर्ण छलफलकालागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरू बसिरहेका छौं,’ एक सदस्य केशव झाले भने ।
उनका अनुसार जसपावाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालवाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट गंगाराम चौधरी र लालविर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीवाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीवाट रामनरेश राय र केशव झा, जनता प्रगतिशिल पार्टीवाट शिवजी यादव, तमलोपावाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह रहेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया