इजरायली आक्रमणमा चार जना प्यालेस्टाइनीको मृत्यु

रमल्लाह- उत्तरी वेस्ट बैङ्कको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।
इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया शहरको केन्द्रमा एउटा गाडीलाई निशाना बनाएको थियो ।
गाडीमा भएको आक्रमणमा दुई प्यालेस्टिनी युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्रमा बमबारीपछि दुईजना पीडितको शव र एकजना घाइतेलाई जेनिनको पूर्वी क्षेत्रबाट अस्पताल पुर्याएको बताएको छ ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूले एकै साथ इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि निशाना बनाएको जनाएको छ, जसमा दुई अन्य युवाको मृत्यु भएको थियो ।
इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा लगातार १२ औं दिनमा आक्रमण जारी राख्दा उक्त घटनाक्रमहरू आएका छन् ।
इजरायल र हमासबीच छ हप्ताको युद्धविराम सम्झौता भएको थियो, जुन जनवरी १९ देखि लागू भएको थियो ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि वेस्ट बैङ्कमा तनाव बढ्दै गएको छ, जसको परिणामस्वरूप इजरायली गोलाबारी र हवाई आक्रमणका कारण ८०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । (सिन्ह्वा)

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया