२२ किलो सुन बरामद

पर्सा : पर्साको वीरगञ्जबाट प्रहरीले २३ किलोभन्दा बढी सुन र चाँदीका गर गहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका ५ रेशम कोठी स्थित श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लाको ३०३ नम्बर फ्लाटमा छापामारी गरी सुनको विस्कुट र चाँदीकँ गहना बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज सिंह कुँवरका अनुसार दुई दिनदेखि प्रहरीले अपार्टमेन्टको निगरानी गरिरहेको थियो । गोप्य सूचनाको आधारमा शनिवार दिउंसो करीब १ बजेतिर खानतलासी गर्दा सुनका १ केजीका १३ वटा बिस्कुट, सुनकै मझौला बिस्कुट ८ केजीका ४६ थान, ५ सय ७६ ग्राम र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको प्रवक्ता सिंहले बताए ।
प्नहरीले सुनका ६८१ ग्राम तौल भएका गहना पनि बरामत भएको जानकारी दिएको छ । सबै गरेर २३ केजी १ सय ५७ ग्राम सुन र २ केजी २ सय ६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा बरामद भएको प्रवक्ता कुँवरले जानकारी दिए ।
सुरक्षामा खटिएका सेक्युरिटी गार्डकाे भनाइ उदृत गर्दै प्रवक्ता कुँवरले सो अपार्टमेन्ट भारतको पुर्वी चम्पारण अररिया जिल्ला निवासी अशोक सिन्हाको रहेको जानकारी पाएको बताए । अपार्टमेन्ट खाली रहेकाले सम्बन्धित व्यक्ति फेला परेका छैनन् । घटनाको अनुसन्धानपछि बरामद गरिएका सुन सहितका सामाग्री आन्तरिक राजश्व कार्यालयलाई बुझाइने उनले जानकारी दिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया