अन्तरजातीय विवाह गरेको जोडी २१ दिनदेखि जंगलमा (भिडियोसहित)
रुकुम हत्याकाण्ड निम्त्याउने युवतीका आफन्तको चेतावनी

काठमाडौँ : कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य रहेको सार्वजनिक भएको छ । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् ।
उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको युवकका आफन्तले बताएका छन् । विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएका हुन् । युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन् ।
कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा युवा युवतीले आफूहरुलाई मार्ने धम्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन् ।
दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । यो भिडियो सार्वजनिक भएपछि केही दलित अभियान्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।
‘हामी घर जाने तयारीमा छौँ’ अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्माले इकागजसँग टेलिफोनमा भने, ‘पहिले दाईहरुले केटीको आफन्तसँग कुरा गरेपछि हामी कुरा गर्छौ । तर डर लागिरहेको छ ।’

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया