जाडोमा केरा खाँदै हुनुहुन्छ ? समय नमिले पुर्याउँछ हानी

काठमाडौँ- चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ ।
मानिसहरू बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा केरा खानु हुँदैन, त्यो समयमा खानुपर्छ तर आज हामी तपाईंलाई विशेषज्ञ चिकित्सकका अनुसार सही जानकारी बताउन गइरहेका छौँ ।
विज्ञ चिकित्सकहरू बिहानको खाजामा केरा खानुपर्ने बताउँछन् । बिहान केरा खाँदा दुई प्रकारका फाइदा हुन्छ । एक, यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने यसले यसको लागि पनि काम गर्दछ । दोस्रो, तौल बढाउन चाहनुहुन्छ भने यसले पनि काम गर्छ । तर, दुवैको विधि फरक–फरक छ । दिउँसो र राती केरा खानुभयो भने यसले तपाईलाई हानि पुर्याउन सक्छ ।
चिसो दिनमा बेलुका केरा खानु हुँदैन । बेलुकी केरा खाँदा पाचन क्रियामा गडबड हुन सक्छ तसर्थ तपाईंले दिमागमा राख्नुपर्ने पहिलो कुरा यो हो कि तपाईंले बिहान केरा खानुपर्छ । किनभने, केरामा धेरै मात्रामा स्टार्च र फाइबर पाइन्छ, जसले गर्दा साँझ पचाउन समस्या हुन्छ । त्यसैले विशेष ख्याल राख्नुपर्छ ।
यदि तपाई बिहान ड्राई फ्रुट्ससँग केरा खानुहुन्छ भने यसले तपाईको तौल बढाउँछ र केरा मात्र खायो भने तपाईंको तौल घट्छ । केराले तपाईंको शरीरमा दुई प्रकारका फाइदाहरू दिन्छ । एउटाले तौल घटाउने काम गर्छ, अर्कोले तौल बढाउने काम गर्छ। तर तपाईंले दुवै विधिहरू जान्नु पर्दछ ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया