भारतको बजेट आज सार्वजनिक हुने, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली- भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्वजनिक गरिँदैछ ।
अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११:०० बजे सार्वजनिक हुँदैछ ।
हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन् ।
यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।
सो बजेट मन्तब्यपछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाई दिँदै आएको छ ।
भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया