आज तीन इजरायली बन्धक रिहा हुँदै

जेरुसेलम- इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
“इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन्।”
शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ ।
गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । (एएफपी)

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया