भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते

नयाँ दिल्ली- उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
पञ्जाबको सिखको पवित्र सहर अमृतसरबाट १४२ किलोमिटर दक्षिणपश्चिममा रहेको फिरोजपुर जिल्लाको मोर गाउँ नजिक उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार क्याटरिङ कम्पनीमा काम गर्ने २५ देखि ३० जनाको समूह पिकअप भ्यानभित्र रहेको थियो ।
प्रहरीले दुर्घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । (सिन्ह्वा)

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया