साना दललाई कमजोर बनाउनेगरी संविधान संशोधन नगरौँः सांसद चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन गर्न नहुने धारणा राखे ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुँदै सांसद चौधरीले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने बताए । साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उन ले उल्लेख गरे ।
सरकारले अध्यादेशमार्फत् केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए । भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ । संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया