सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठक सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबीचको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् ।
‘सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’ सभापति देउवाले भने, ‘सहमति कार्यान्वयन हुने छ, अन्य सहयोग दलको निरन्तर सहयोग रहने छ भन्ने मैले विशवास लिएको छु ।’
उनले सरकारलाई दृढ समर्थन रहेको बताउँदै मूल्यांकन गर्न ६ महिना पर्याप्त नहुने बताए । ‘सरकारको मूल्यांकनका लागि ६ महिना मात्रै पर्याप्त होइन’, उनले भने, ‘यसबीचमा केही राम्रा काम भएका छन् । विस्तारै सरकारले नतिजा निकाल्नेछ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया