रास्वपाको अवरोधबीच सभामुख घिमिरेले पेलेर अगाडि बढाए संसद् बैठक

काठमाडौँ- सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको संसद् बैठक सभामुख देवराज घिमिरेले पेलेर अगाडि बढाएका छन् र
शुक्रबार दिउँसो १ बजेदेखि सुरू संघीय संसद्को हिउँदे अधिवेशनमा रास्वपा सांसदहरूले अवरोध गरेका थिए ।
रास्वपा सांसदहरूले बोल्नलाई समय मागिरहेका छन् । रास्वपा सांसदहरूलाई बस्न आग्रह गर्दै दलिय आधारमा बोल्न पाइने सभामुख देवराज घिमिरेले बताइरहेका थिए । तर रास्वपा सांसदहरूले अवरोध कायम राखेपछि सभामुख घिमिरेले संसद् बैठक पेलेर अगाडि बढाएका हुन् ।
सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन् ।
अधिवशेन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शीर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया