अनुष्का-विराटको अंगरक्षकको तलब, भारतीय बैंकको सिइयोको भन्दा बढी

मुम्बई- बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडीमध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्नछन् । अनुष्का र विराट आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन पराउँदैनन्। यस कारणले, मानिसहरूलाई तिनीहरूको बारेमा त्यति नै थाहा छ, जति तिनीहरूले प्रकट गरेका हुन्छन्।
अनुष्का र विराटले पनि आफ्ना छोराछोरीको सुरक्षाको विशेष ख्याल राखिरहेका छन् । यो जोडीको आफ्नै व्यक्तिगत अंगरक्षकहरू छन, जो सधैं उनीहरुसँगै देखिन्छन्। अनुष्का र विराटको अंगरक्षकको नाम प्रकाश सिंह उर्फ सोनू हो ।
सोनु लामो समयदेखि अनुष्का र विराटसँग रहदैँ आएका छन् । सोनु विवाह अघि नै अनुष्का शर्माको अंगरक्षक थिए । विवाहपछि उनले अनुष्काका पति विराट कोहलीलाई सुरक्षा पनि दिइरहेका छन् । सोनुले अनुष्का र विराटबाट सुरक्षाका लागि ठूलो पारिश्रमिक लिन्छन् ।
अनुष्का शर्मा र विराट कोहलीको व्यक्तिगत अंगरक्षकको तलब कुनै पनि कम्पनीको सीईओभन्दा कम छैन। रिपोर्टमा विश्वास गर्ने हो भने उनले यस जोडीबाट वार्षिक १.२ करोड भारु लिन्छन् । ठूला कम्पनीका सीईओको तलब १.२ करोड हुने गर्दछ ।
अनुष्का आफ्नो बडीगार्डलाई परिवारको सदस्य जस्तै मान्छिन् । सन् २०१८ मा उनले ‘जिरो’ को सेटमा सोनूको जन्मदिन पनि मनाइ दिएकी थिइन । उनको जन्मदिन मनाउने तस्विरहरु सार्वजनिक भइरहेका हुन्छन् ।
जब अनुष्का पहिलो पटक आमा बन्न लागेकी थिइन्, सोनुले उनको निकै नै ख्याल राखेका थिए । उनले पूर्ण सुरक्षा व्यवस्था गरे, धेरै पटक सोनूले गर्भावस्थामा अनुष्काको पीपीई किट लगाएर हेरचाहसमेत गदर्थे।
वर्क फ्रन्टको कुरा गर्ने हो भने अनुष्का शर्मा पछिल्लो पटक फिल्म ‘जिरो’ मा देखिएकी थिइन् । उनका फ्यानहरु उनको फिल्म ‘चक्डा एक्सप्रेस’ को प्रतिक्षामा रहेका छन् । यो फिल्म क्रिकेटर झुलन गोस्वामीको बायोपिक हो ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया