संविधान संशोधनका लागि २०८७ साल कुर्न हुँदैन - डा.शेखर

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका छन् ।
बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तक्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।
उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने बताए । उनले संविधान संसोधन गर्दा सबै राजनैतिक दलहरू बीच सहमति र समझदारी आवश्यक रहेको बताए । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया