माओवादी केन्द्रले अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको हो ।
अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको उनले बताए ।
उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित धारणा राखे । त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रूपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरूलाई निर्देशन समेत दिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया