कण्डम कम्पनीका मालिक भन्छन्- विज्ञापनका लागि सबैभन्दा वेष्ट एक्टर जान्हवी कपुर

मुम्बई- बलिउड कलाकारहरूले फिल्ममार्फत आफ्नो करियर चम्काए पनि कतिपय कम्पनीहरूले उनीहरूमार्फत नै आफ्नो ब्रान्ड चम्काउने गर्दछन् ।
धेरै फिल्म स्टारहरू विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर छन्। यो लिस्टमा करिना कपुर, मलाइका अरोरा, कट्रिना कैफदेखि कार्तिक आर्यनसम्मको नाम समावेश रहेका छन्।
कन्डम कम्पनी म्यानफोर्सका संस्थापक तथा प्रबन्ध निर्देशक राजिव जुनेजाले हालै आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूबारे कुरा गरेका छन् । यस क्रममा उनले केही स्टारहरूको नाम लिएका थिए, जसलाई उनी आफ्नो कम्पनीको लागि अप्रोच गर्न चाहन्थे तर स्टारहरूले उनको त्यो अफर मानेनन् ।
राजिव जुनेजाका अनुसार कण्डमको विज्ञापनका लागि उत्कृष्ट को हुन सक्छ भन्ने प्रश्नमा राजीवले भने– ‘कण्डमका लागि ? कसैको लागि ? जान्हवी कपूर सही छिन्, उनी सबैभन्दा राम्रो विकल्प हुन् ।’ यसपछि राजिवले रणवीर कपुर र लक्ष्य लालवानीको नाम पनि लिस्टमा थपेका छन् । तर, राजिवले जान्हवी र रणवीरले कन्डम कम्पनीको ब्रान्ड एम्बेसडर बन्न अस्वीकार गरिसकेको जनाए ।
किन सनी लियोनीको स्थानमा कार्तिक आर्यन राखियो ? सन् २०२३ मा राजिवले अभिनेता कार्तिक आर्यनलाई आफ्नो कम्पनीको कण्डमको ब्राण्ड एम्बेसेडर बनाएका थिए । त्यसपछि कार्तिकले सन्नी लियोनीलाई रिप्लेस गरेका हुन् । यसको कारणबारे राजिवले खुलेर कुरा गरे । उनले भने ‘कार्तिक आर्यनलाई लिनुको खास कारण पुरुष पक्षमा अलिकति जान्नु पर्ने हुन्छ।’
राजिवले प्रेज्ञा न्युजसँग प्रेग्नेन्सी टेस्ट किटको बारेमा पनि थप कुरा गरेका छन् । उनले अहिले यसको ब्रान्ड एम्बेसडर अनुष्का शर्मा सही विकल्प भएको बताएका छन् । यदि उनीहरूले ब्रान्डका लागि अर्को अभिनेत्री छनोट गर्ने हो भने दीपिका पादुकोण राम्रो विकल्प हुनेछन् तर राजिवले दीपिकालाई यसबारे सोध्नु उनको हैसियत भन्दा माथि हुने पनि बताएका छन् ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया