सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौँ - अखिल नेपाल फुटबल संघले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा आज भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४-० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।
त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरूले जनही रु. ५० हजार प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्र मन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेकी थिइन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया